किन गरियो सिम्रिकको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण

  सगरमाथा अनलाईन
357 Shares

काठमाडौं । इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान काठमाडौंबाट लुक्ला उडेको नाइनएन एकेडी हेलिकप्टर धुलिखेलमा अवतरण गरिएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले संकेत गरेपछि सुरक्षाका दृष्टिकोणबाट सुरक्षित अवतरण गराएर जाँच गर्नुपर्छ । सोही सिलसिलामा सिम्रिकको जहाज धुलिखेलमा आकस्मिक अवतरण गराउनु परेको थियो । ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार