कामीरिता शेर्पाले तोडे आफ्नै कीर्तिमान, २९ औं पटक सगरमाथा चुचुरोमा

  सगरमाथा अनलाईन
91 Shares

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही कामीरिता शेर्पाले २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

आरोही शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर सफल आरोहण गरेको सेभन समिट प्रालिका कर्मचारीले बताएका छन् ।

योसँगै ५४ वर्षीय कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोड्दै पुनः नयाँ कीर्तिमान बनाएका छन् । ‘व्यक्तिगत रुपमा सगरमाथाको सबैभन्दा धेरै सफल आरोहण गर्ने सफल भएका छन’, सेभेन समिटले भनेको छ ।

सोलुखुम्बु जिल्ला खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नं. ५ थामेका शेर्पाले १९९२ देखि हिमाल आरोहण सुरु गरेका थिए । यसअघि उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लुको पनि सफल आरोहण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार