४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

सगरमाथा चुचुरोसम्म बाटो बनाउने टिम सम्मानित



सोलुखुम्बु । सगरमाथा चुचुरोसम्म बाटो बनाउने टिमलाई सगरमाथाको आधार शिविरमा सरकारले सम्मान गरेको छ ।

जारी आरोहण सिजनका लागि गत शुक्रबार बाटो बनाउने काम सम्पन्न भएको थियो । सोही अनुसार आइतबार बिहानैदेखि आरोहण सुरु भइसकेको छ ।

पर्यटन विभागका अनुसार आधार शिविरबाट दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति र दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने कामको जिम्मेवारी पर्वतारोहण सञ्चालक संघले पाएको थियो ।

उक्त संघबाट छनोट भएको सेभेन सेमिट प्रालिले चुचुरोसम्म बाटो बनाएको हो । आइतबार आधार शिविरमा दुवै कम्पनी र उनीहरूबाट खटिएका आइसफल डाक्टरहरूलाई सरकारले सम्मान गरेको हो ।

यस वर्षको आरोहणलाई व्यवस्थित गर्न सरकारले आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । बाटो बनाउने काममा सार्की शेर्पा र डेन्डी शेर्पाको टोली खटिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : ५५ बजे