काठमाडौं । टोखा नगरपालिकाको आयोजनामा लागुपदार्थ दुव्र्यसन न्यूनिकरण जनचेतनामूलक विषयमा आधारित “मेरो कथा सुन्नुहोला नत्र पछुताउनुपर्ला” सडकनाटक प्रर्दशन भएको छ ।
टोखा नगरपालिका ६.न.वडा स्थित अपी स्कुलका सात कक्षा माथिका विद्यार्थीहरुलाई सो सडकनाटक देखाइएको हो । किशोर किशोरीहरु लागुपदार्थ कुलतमा नफसुन र लागुपदार्थ कुलतमा फसे मानिसको जीवन र भविष्य अन्धकार बन्छ,भन्ने मूल सन्देश उजागर गरेको सडकनाटक टोखा नगरपालिका क्षेत्रमा प्रर्दशन गर्ने योजना रहेको,टोखा नगरपालिका शिक्षा अनुगमन शाखा अधिकृत खगेन्द« सिंह धामीले बताए ।

सो सडकनाटक प्रर्दशन कार्यक्रम्का प्रमुख अतिथि टोखा नगरपालिका ६.न.वडाका अध्यक्ष शान्ता खनालले कार्यक्रमलाई सम्बोधन गर्दै प्रस्तुत नाटकको नाम झै आफ्नो कथा सुनाइन् । लागुपदार्थ कुलतमा आफ्ना दाजु भाई फसेका हुनाले स्वयम् पीडित बताइन् ।
सो आफ्नो कथा सुनाएर, प्रदर्शित नाटक झै सबै किशोर किशोरीहरु कुलतमा नफस्न भनि आग्रह गरिन् । लागुपदार्थ दुव्र्यसन कुलत समाजका सबै तह तप्का र बुद्धिजीवि एकजुट भई लागिएमा अवश्य न्यूनिकरण भएर जाने बताइन् ।

सो लागुपदार्थ दुव्र्यसनी न्यूनिकरण सडकनाटक “मेरो कथा सुन्नुहोला नत्र पछुताउनुपर्ला” नामक नाटकमा जीवन थापा,सानु पाण्डे,सुरत बिष्ट,आइ पी. आचार्य,समीर आचार्य र अन्जली तामाङ्गले मार्मिक जिवन्त अभिनय गरेका छन् ।
सो सडकनाटकको परिकल्पना लेखन तथा निर्देशन,कृष्ण जित राईले गरेका हन् भने रीता थापा र जिीवन थापा क्षितिको सहायक निर्देशन रहेको छ । उक्त सडकनाटक चोमोलोङमा मिडिया प्रोडक्शन होम प्रा.लि को आयोजनामा भएको हो ।








