१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

गृहमन्त्री रमेश लेखक र चीनका राजदूत चेन सङबीच भेट


७ श्रावण २०८१, सोमबार  

42
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । सोमबार सिंहदरबार स्थित गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।

नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ । नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिन नेपाल सचेत रहेको गृहमन्त्री लेखकले बताए ।

सो भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधै सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे । गृहमन्त्री लेखकले नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन महत्वपूर्ण विकास साझेदार रहेको बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ११ : ४४ बजे