६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

आकस्मिक मन्त्रिपरिषद्को बैठक, जहाज दुर्घटनाबारे छानबिन गरिने


९ श्रावण २०८१, बुधबार  

7
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।

बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले सो बैठक डाकेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहत लगायत विभिन्न विषयमा निर्णय हुनेछन् । साथै एक छानबिन आयोग बनाउने तयारी छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : ३२ बजे