२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

संघीयता विरूद्ध कुरा आएपछि संविधान संशोधनको बहस चलेको हुनुपर्छ : सभामुख घिमिरे


१० श्रावण २०८१, बिहिबार  

0
Shares

हेटौंडा । सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने बताएका छन् ।

संघीयता आवश्यक नभएको, यसले आर्थिक भार बढाएको लगायत नकारात्मक टिकाटिप्पणी भइरहेका बेला सरकार परिवर्तन हुँदा संविधान संशोधनको विषय उठेको हुन सक्ने बताए । ञतर अहिले त्यसतर्फ जाने बेला भएको छैन । यो विषयमा अहिले म केही भन्दिनझ,सभामुखले भने ।

हेटौंडामा बिहीबार युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा घिमिरेले देशमा युवालाई ठीक ढंगले प्रयोग गर्नुपर्ने बताए ।

चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदल्न सक्ने युवा शक्ति आवश्यक रहेको भन्दै उनले संसारमा भएका परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको पनि उनको भनाइ छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले वैदेशिक रोजगारीका कारण देशका धेरै विश्वविद्यालय, कलेजहरू खाली हुँदै जाने खतरा बढेको बताए । उनले युवाहरूलाई सीप सिकाउँदै स्वरोजगार र रोजगारी प्रदान गरेर युवाहरूलाई स्वदेशमै टिकाउनु अपरिहार्य भएको धारणा राखे ।

बागमती प्रदेश युवा परिषद् कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०८०र८१ मा टेलरिङ, फेसन डिजाइनर, ब्यूटिसियन, मन्टेश्वरी, कुक, बारिष्ठा, वेटररवेट्रेस, डकर्मी, सिकर्मी, विल्डिङ इलेक्ट्रिसियन, प्लम्बिङ, मोटरसाइकल मर्मतलगायतका २१ प्रकारका आधारभूत तालिम प्रदान गरेको थियो ।

परिषद्ले प्रदेशका १३ वटै जिल्लामा ५ हजार जनालाई तालिम प्रदान गरेको कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।

बिहीबार हेटौंडामा चितवन, मकवानपुर र सिन्धुलीमा दिइएको तालिमका सहभागीलाई प्रमाण पत्र वितरण गरिएको परिषद्का उपाध्यक्ष चौलागाईंले जानकारी दिए ।

ब्यूटिसियन तालिम लिएकी विष्णुकुमारी परियारले प्रदेश युवा परिषद्ले सीप सिकाउँदै काम गरेर बाँच्न सक्ने बाटो देखाइदिएको बताइन् । उनले उद्यमी बनेर देखाउने सुनाइन् । परियारले दोस्रो तहको तालिम आवश्यक रहेको जानकारी गराइन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : २५ बजे