५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

पहिरोखस्दा कान्ति लोकपथ अवरुद्ध


१३ श्रावण २०८१, आइतबार  

0
Shares

काठमाडौं । पहिरोका कारण काठमाडौंबाट मकवानपुरको हेटौंडा राजे सडक कान्ति लोकपथ अवरुद्ध भएको छ । शनिबार राति परेका पानीका कारण आएको पहिरोले सडक अवरुद्ध बनाएको हो ।

मकवानपुरको महादेवटारमा पहिरोले सडकको ट्रयाक नै बनाएको छ । जसकरण सडक खुल्न निकै समय लाग्ने बताइएको छ । कार्कीबास भन्ने ठाउँमा पनि पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

उनका अनुसार करिब ५ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ । बाटो खुलाउने प्रयास गरिए पनि धेरै ठाउँ बिगारेकाले समय लाग्ने उनले बताए ।

 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ६ : ४८ बजे