रविले भने ‘कांग्रेस-एमालेको टार्गेटमा रास्वपा पर्यो’

  सगरमाथा अनलाईन
140 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस–एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै लामिछानेले पछिल्लो समय सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस–एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको टार्गेटमा परेको आभाष भएको बताएका हुन् । संसद्को पछिल्लो गतिविधिले मुलुकको लागि आवश्यक रहेको दल नै रास्वपा हो भन्ने पुष्टि हुदै गएको उनले बताए ।

लामिछानेले आफू केही समय नबोलौं भनेर चुप लागेर बसेको भएपनि पछिल्लो समय सदनमा आफुमाथि लागेको आरोपबारे स्पष्ट पार्नुपर्ने अवस्था आएको धारणा राखे । भ्रष्टाचारको फाइल खुल्ने विषयमा आफूलाई जस नचाहिएको उनले बताए ।

उनले कैलाश सिरोहियाको नागरिकता प्रकरणमा अझै पनि अनुसन्धान जारी रहेको, बाँसबारी छाला जुत्ता कारखानाको विषय पनि अझैसम्म अनुसन्धानमा रहेको जिकिर गरे । आफू गृहमन्त्री हुँदा भएको अनुसन्धानलाई पूर्वाग्रह साधेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउन खोजेको समेत बताए ।

लामिछानेले केही समयअघि सहकारी–बन्धु भनेर भाषा प्रयोग गर्नेले उक्त भाषा बन्द गरेको हेर्न नचाहेको तर्क गरे । त्यसका साथै स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बाल मन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गर्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार