६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

त्रिविको सभा बैठक,बेरुजु बढेको छैन : प्रधानमन्त्री ओली


१५ श्रावण २०८१, मंगलबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको बेरुजु बढन नदिए पनि कम गर्न नसकेको बताएका छन् ।

मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक ९सिनेट० मा सहभागी हुँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओली त्रिवि सभा बैठकमा
काठमाडौँ, १५ साउनः
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) सहभागी हुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस
प्रधानमन्त्री ओलीले भने, ‘ त्रिभुवन विश्वविद्यालयको बेरुजु बढ्न दिइएको छैन। तर कम गर्न सकिएको छैन।’

प्रधानमन्त्री ओली महालेखा परीक्षकको कार्यलयको ५७औं प्रतिवेदनले २८ अर्ब ६७ करोड बढी बेरुजु देखाए पनि अहिले करिब त्रिविको २२ करोड रहेकोले हरेक वर्ष एक करोड बेरुजु फर्स्योट भई रहेको दाबी गरे ।

 

विविध कारणले सम्परीक्षण हुन नस्किरहेकोले बेरुजु फर्स्योटको विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ९ : ०३ बजे