१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

नवनियुक्त प्रदेश प्रमुखको शपथ आज


सगरमाथा अनलाईन

१७ श्रावण २०८१, बिहिबार  

70
Shares

काठमाडौं । नवनियुक्त ३ जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् ।

शपथ कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा साँझ पाँच बजेका लागि तय गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका थिए ।

Sagarmatha

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ३ : २४ बजे