१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

राष्ट्रिय सभामा,टीआरसी विधेयक  पेश


२ भाद्र २०८१, आइतबार  

0
Shares

काठमाडौं । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ पेश भएको छ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेश गरेका हुन्।

मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा पेश गरेका हुन्।

यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ। विधेयकमाथि सांसदहरूले धारणा राखिरहेका छन्।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ११ : ०९ बजे