३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

खोटाङबाट काठमाडौँ आउँदै गरेको बुलेरो गाडी सुनकोशीमा खस्यो


सगरमाथा अनलाईन

८ भाद्र २०८१, शनिबार  

217
Shares

काठमाडौँ । खोटाङबाट काठमाडौँ आउँदै गरेको बुलेरो गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । सशस्त्र प्रहरीका अनुसार शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली जिल्लाको गलान्जोर गाउँपालिका १ मध्यपहाडी लोकमार्गको कुडेलबाट डबल क्याप बुलेरो गाडी सुनकोशी नदीमा खसेको हो ।

दुर्घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटबाट गोताखोल टोली घटनास्थलमा पुगेको छ । गाडीमा ४ जना सवार थिए । एक जनालाई घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ । उनले हामफालेर ज्यान बचाएको बताएका छन् । उद्धार गरिएका व्यक्ति सामान्य घाइते भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गाडीको नम्बरसमेत खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको डबल क्याप बुलेरो दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् ।

Sagarmatha

बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षका बलाम घटुवा छन् । जीप अबिन बाकेले चलाएका थिए । सूर्यबिनायक नगरपालिका स्थित जगातेमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति हाम्फालेर बाँच्न सफल भएका छन् । कक्षपतिको टाउको र पातामा चोट लागेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ३ : ५१ बजे