५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

माधव नेपालको चेतावनीः अराजक भए पार्टीबाट बिदा



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र अराजकतालाई छुट दिन नसक्ने बताएका छन् ।

आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आवश्यक परे पार्टीबाट विदा गर्नुपर्ने बताएका हुन् । ‘जे पायो त्यही बोलेर पार्टीमा बसिरहने स्थिति बन्द गरौं’, उनले भने, ‘पहिलो चोटी चेतावनी दिउँ, दोस्रो पटक अन्तिम चेतावनी दिऊँ ।’

त्यसपछि पनि व्यवहारमा सुधार नआए पार्टीबाट निष्कासन गर्नुपर्ने उनले बताए । ‘यहाँ सारा वातावरण बिगार्छ भने त्यस्ता व्यक्तिलाई विदा गरौं’, उनले भने, ‘घर फोडुवाहरुले घर बलियो बनाउन सक्दैनन् ।’

Sagarmatha

पार्टीमा अराजक गतिविधि गर्नेहरुसँग उठबस नगर्न उनले अरु नेताहरुलाई समेत चेतावनी दिए । ‘त्यस्ता व्यक्तिहरुसँग बसेको देख्यो भने पनि ठीक हुने छैन’, अध्यक्ष नेपालले चेतावनी दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  २ : ५० बजे