६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

मुग्लिन नारायणगढ सडक खुल्यो


१६ भाद्र २०८१, आइतबार  

0
Shares

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकखण्डमै आज बिहान बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् । मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : ३६ बजे