६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

रुसका लागि प्रस्तावित राजदूत भन्छन् , रुसी सेनामा रहेका नेपाली फर्काउन पहल गर्छु


१९ भाद्र २०८१, बुधबार  

0
Shares

काठमाडौं । रुसका लागि प्रस्तावित नेपाली राजदूत जंगबहादुर चौहानले रुसी सेनामा रहेका नेपालीहरुलाई फर्काउन पहल गर्ने बताएका छन् ।

संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा प्रस्तावित राजदूत चौहानले अहिलेसम्म ४७ जनाको मृत्यु भएको र थुप्रै नेपाली सम्पर्कविहीन रहेको बताए ।

रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको भन्दै उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले ९रुसी० राष्ट्रपति पुटिनसँग भेट गर्दा पनि सबै भारतीय फर्किन सकेको छैनन् ।’

रुसी सेनामा भर्ना भएकाहरुलाई नेपाल फर्काउनु सरकारको जिम्मेवारी भएको भन्दै आफू राजदूत भएर गएमा अझ तीव्रताका साथ काम गर्ने उनले बताए ।

प्रस्तावित राजदूत चौहानले भने, ‘रुसी भाषाको ज्ञाताका कारण सहज हुन्छ कि भन्ने अपक्षा राखेको छु ।’

 

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ५६ बजे