४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

आन्दोलनरत सहकारी ‘पीडित’ बैंकबाट ऋण लिएर सहकारीबाट बढी ब्याज खानेहरु : मन्त्री अधिकारीले


१९ भाद्र २०८१, बुधबार  

7
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आन्दोलनरत सहकारी पीडितहरुमाथि गम्भीर आरोप लगाएका छन् । बैंकबाट सस्तो ब्याजमा पैसा लिने र त्यसलाई सहकारीमा राखेर बढी ब्याज खानेहरुले आन्दोलन गरेको उनको दाबी छ ।

बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको कार्यक्रममा मन्त्री आफू मन्त्री भएलगतै सहकारी पीडितहरुसँग वार्ता गरेर ८बुँदे सहमति गरेको बताए । सहमतिका सातबुँदामा काम थालिसकेको भन्दै उनले भने, ‘एउटा बुँदामा काम गरेका छैनौं । किनकी संसदले संसदीय समिति बनाएर छानविन गरिरहेको छ ।’

छानविन समितिको प्रतिवेदन आएसँगै कार्यान्वयन गर्ने भन्दै उनले भने, ‘साना रकम जम्मा गर्ने वचतकर्ताहरु वास्तविक सहकारी पीडित हुनुहुन्छ ।’

आफूसँग धेरै भएको सम्पती सहकारीमा राख्ने र बैंकबाट कम ब्याजमा पैसा लिएर सहकारीमा राख्ने र बढी ब्याज खानेहरु पनि रहेको भन्दै उनले भने, ‘अहिले सहकारीमा आन्दोलन गर्नेहरु त्यस्तै मात्रै छन् । आन्दोलनको नेतृत्व गर्नेहरुले पीडितहरुसँग फाइदा लिन पनि पाउने भए, अर्को उद्देश्य पूरा गर्ने भए ।’

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ११ : ३७ बजे