६ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025

भोटेकोशीमा बाढीले बगाएको साघुँ पुनः निर्माण



सोलुखुम्बु । जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामेमा बाढीले बगाएको साँघु पुनः निमार्ण गरिएको छ । गत साउन ३२ गते आएको बाढीले फलाम र काठले बनेको साँघु बगाएपछि पुनः निमार्ण गरिएको हो ।

थामेखोलामा आएको बाढीका कारणले भोटेकोशीमा रहेको उक्त साँघु बगाएको थियो । स्थानीय बासि, जनप्रतिनिधि तथा नेपाल प्रहरीको सहयोगमा खुम्बु बिजुली कम्पनीको विद्युत गृहमा जाने अस्थायी साँघु निमार्ण गरिएको स्थानीयले बताएका छन् ।

दुई वटा हिमताल फुटेर आएको भिषण बाढि थामे गाउँमा पूरै क्षतविक्षत बनाएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १ : ४३ बजे