२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

संसदको वर्षे  अधिवेशन अन्त्यको तयारी


२८ भाद्र २०८१, शुक्रबार  

105
Shares

काठमाडौं । सरकारले संघीय संसदको चालू वर्षे अधिवेशन अन्त्यको तयारी छ । अब बस्ने मन्त्रिपरिषदको बैठकबाट संसद अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष गर्नेबारे सरकारले सत्तारुढ दलहरूसँग परामर्श गरेको छ ।

‘भदौ ३१ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्दै हुनुहुन्छ । सम्भवतः त्यही दिन रातीबाट संसदको चालू अधिवेशन समेत अन्त्य हुने सम्भावना छ’ एक मन्त्रीले जानकारी दिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदको चालू अधिवेशन अन्त्यबारे छलफल चलिरहेको बताए । ‘अब धेरै लामो समय जाँदैन’ उनले भने ।
गत वैशाख २८ गते संसदको चालू अधिवेशन सुरु भएको थियो ।  बजेट अधिवेशनको रुपमा लिइने चालू वर्षे अधिवेशनमा बजेटका अलावा केही विधेयकहरू पारित समेत पारित भएका छन् ।

Sagarmatha

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक ९बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक० चालू अधिवेशनले नै पास गरेको हो ।  बजेट र बजेट आश्रित विधेयकबाहेक लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि चालू अधिवेशनबाटै पास भएको हो । जो प्रमाणीकरण भएर लागू भइसकेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १० : ४८ बजे