४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

टानका वरिष्ठ उपाध्यक्ष शेर्पाद्धार नेचासल्यानका बालबालिकालाई ट्रयाक्सुट वितरण



सोलुखुम्बु । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष, टिएस डब्लुका सँस्थापक तथा नेपाली कांग्रेस सोलुखुम्बु ‘ख’का क्षेत्रयि सभापति कर्मा शेर्पाले नेचासल्यानका बालबालिकालाई ट्रयाकसुट वितरण गरेका छन् ।

बाल दिवसको अवसरमा वरिष्ठ उपाध्यक्ष शेर्पाले नेचासल्यान गाउँपालिकास्थित वि.पी. सँस्कृत मावि सल्यानका १ सय ५० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन् । शेर्पा द स्मल वल्र्ड टिएस डब्लुका सँस्थापक समेत हुन ।

लामो समयदेखि शेर्पाले सोलुखुम्बुको भौगोलिक विकटताका गाउँवस्तीहरुमा समाजसेवा गर्दै आएका छन् । उनले नेपालमा पहिलो भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माणदेखि सयौं विद्यार्थीहरुलाई छात्रावृद्धि दिएर निःशुल्क रुपमा पढाई रहेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पर्यटन विभागका प्रमुख आङगेलु शेर्पा, नेपाली काँग्रेस प्रदेश सभा ‘क’ का सभापती एवं नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, प्रदेश ‘ख’ का सभापती तथा टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, गाउँपालिका उपाध्यक्ष बिना राईको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेता भेषकुमार बास्तोला, नविन थापा, सिताराम काफ्ले, खेम राई, सम्झना राई, प्रधानाध्यापक उमाकान्त काफ्ले, शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उलेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ३ : ४२ बजे