१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

घटस्थापनाअघि नै सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन


५ आश्विन २०८१, शनिबार  

77
Shares

काठमाडौं । चाडपर्व लक्षित गरी सडक मर्मत र अग्रिम टिकट बुकिङबारे सरोकारवालबीच छलफल भएको छ ।

सरकार र यातायात व्यवसायीबीच आज भएको छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ । घटस्थापना १७ गते परेको छ ।

छलफलमा यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट बुकिङ तत्काल खुलाउने सहमति पनि भएको छ । तर, भाडा समायोजन भने छठपछि मात्रै गर्ने सहमति भएको छ ।

यसका साथै यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थल तर्फ जाने गरी व्यवस्था गर्ने, यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरूको सम्बोधन गर्न विभागलाई निर्देशन दिने, यातायात व्यवस्थासँग सम्बन्धित अदालतबाट भएका आदेशरफैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयारी गरी पेस गर्ने निर्णय पनि भएको छ ।  बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, सहसचिव कृष्णराज पन्थ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सिटौला, महासचिव डेकनाथ गौतमलगायत सडक विभाग र यातायात व्यवस्था विभागका कर्मचारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ३० बजे