२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

तराईमा जितिया पर्व आजदेखि सुरु


८ आश्विन २०८१, मंगलबार  

0
Shares

काठमाडौं । तराईका थारू समुदायका महिलाहरुले आजदेखि जितिया पर्व सुरु गरेका छन् ।

सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् ।

योसँगै तराईका गाउँघरमा जितियाको रौनक छाएको छ । जितियामा छोरी, चेली दिदीबहिनाहरू माइतमा आएका छन् भने माइत आउन नसक्‍नेहरू घरमै जितियाको ब्रत प्रारम्भ गरेका छन् ।

यता, काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू महिलाहरूले यसवर्ष पनि तीन ठाउँमा जितियालाई राष्ट्रिय पर्वको रुपमा मनाउने तयारी गरेका छन्।

थारू महिला समाज, उपत्यका समितिले काठमाडौंको राष्ट्रिय नाचघर जमल, थारू महिला सभाले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप र थारू, संगीत कला मन्दिरले कुपण्डोलमा छुट्टाछुट्टै जितिया महोत्सवको आयोजना गरेका छन् ।

थारू महिला समाज उपत्यका समिति अध्यक्ष सुशीला चौधरीले सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिने गरेको बताइन्।

उनले अनलाइनखबरसँग भनिन्, ‘ थारू समुदायको महान् पर्व हो( जितिया । महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन्।’

मुख्यतः पुर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाउँदै आएका छन् । चितवन र नवलपरासीका थारु महिलाहरु झम्टा पार्ने ९नाचरगान० गर्ने चलन छ ।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरुले २०६१ सालदेखि जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउँदै आएको थारू महिला समाजकी केन्द्रीय अध्यक्ष गीता चौधरीको भनाइ छ ।

उनले भनिन्, ‘थारु महिलाहरुले विगत २० वर्षदेखि काठमाडौंमा प्रत्‍येक वर्ष जितिया पर्वलाई राष्ट्रिय महोत्सवको मनाउँदै आइरहेका छौं। यस वर्ष पनि पर्यटन बोर्डको हलमा मनाउँदैछौ।’

थारू संस्कृतिविद भुलाइ चौधरीका अनुसार यसपटक जितियाको पहिलो दिन लाईर लहाइ अर्थात नुहाए खाने दिन आज ९मंगलबार०, ब्रत ९बुधबार० र समापन ९बिहीबार० रहेको छ

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ५ : ४८ बजे