गोराखानी र टाप्टिङ पहिरोका मृतकहरुको सनाखत

  सगरमाथा अनलाईन
168 Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नं. ९ गोराखानी र वडा नं. १० टाप्टिङमा पहिरोमा परी मृत्यु हुनेको सनाखत भएको छ ।

अविरल वर्षाका कारण शनिबार राती गएको पहिरोमा परी गोराखानीमा ३ जना र टाप्टिङमा २ जना गरी ५ जनाको मृत्यु भएको थियो । मृतक ५ जनाकै सनाखत भएको छ । प्रहरीका अनुसार पहिरोमा मृत्यु हुनेमा सोलुदुधकुण्ड नगरपालिका १० टाप्टीङ सैलुनका ३३ वर्षिया कविता मगर र २४ वर्षिया रुपु मगर छन् । ढुंगा र माटोले बनेको काठको छानो भएको जोरनाले घरको १०० मिटर माथिवाट पहिरो आउँदा घर बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

त्यस्तै गरी सोलुदुधकुण्ड नगरपालिका ८ गोराखानी, छेवार बस्ने ङिमादावा शेर्पाको ढुंगामाटोले बनेको काठको छानो भएको २ तल्ले घरमाथिवाट १५० मिटरबाट पहिरो आई घर बगाउँदा घरभित्र रहेका २३ वर्षिया ल्हामु शेर्पा, २८ वर्षिया रिना तामाङ र ७ महिनाको फुर्वा लोप्साङ शेर्पाको मृत्यु भएको प्रहरीले बताए । मृतक ल्हामु सोलुदुधकुण्ड नगरपालिका २ फेरा घर भई माइती घर पुगेकी ङिमादावा शेर्पाकी छोरी हुन् ।

मृतक ५ जनाकै पोष्टमार्टम वोङ्छु मेमोरियल नगर अस्पताल टाप्टिङमा गरिने सोलुदुधुकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेलजाङबु शेर्पाले बताए । मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्न नगर प्रमुख शेर्पाले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार