५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

विपी राजमार्गको विकल्पमा सोलु-काठमाडौँको नयाँ रुट सञ्चालन [भिडियोसहित]


सगरमाथा अनलाईन

१६ आश्विन २०८१, बुधबार  

12.8k
Shares

सोलुखुम्बु । अविरल वर्षाका कारण गएको असोज १० गतेको आएको बाढिले विपी राजमार्गको विभिन्न सडकखण्ड भत्किएपछि सोलुखुम्बुदेखि काठमाडौंसम्म नयाँ रुट सञ्चालनमा आएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाको अगुवाइमा विभिन्न यातायात व्यवसायीहरुसँग छलफलपछि सोलु काठमाडौं आवत जावत गर्ने नयाँ रुट सञ्चालनमा आएको हो । बुधबारदेखि सल्लेरी, टाक्टोर–लामाजुरा–किञ्जा–वाम्तीभण्डार, शिवलया, जिरी, तामाकोशी, चरिकोट, मुढेँहुदैँ काठमाडौँसम्मको रुट सञ्चालनमा ल्याइएको सोलुदुधुकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताए । बुधबार पहिलो दिन विभिन्न यातायात प्रा.लि.ले सल्लेरीबाट ८ वटा सुमो छुटाएको दुधकोशी यातायात प्रा.लि.का दोर्जी शेर्पाले बताए ।

मेयर शेर्पाले आज लामाजुरासम्म पुगेर सुमोलाई विदाइ गरी फर्केको बताए । ‘हामीले लामाजुरा क्षेत्रलगायत जोखिम देखिएको क्षेत्रमा स्काभेटर तयारी अवस्थामा राखिएको छ,’ मेयर शेर्पाले भने, ‘दशैँलाई मध्यनजर राखि सोलुखुम्बु फर्कन चाहने यात्रुहरुको समस्यालाई ध्यानमा राखेर नयाँ बैकल्पिक रुट सञ्चालनमा ल्याएका हौं ।’

Sagarmatha

सल्लेरी, टाक्टोर, लामाजुरा, किञ्जा, बाम्ती भण्डार, शिवालय, जीरी, चरिकोट, मुँढेहुँदै काठमाडौं जोड्ने सडक मार्गको लम्बाई करिब २९० किलोमिटरभन्दा बढि रहेको छ ।

त्यसैगरी अर्को वैकल्पिक मार्गको रुपमा घुर्मी, कटारी, सिन्धुलीको भिमान, हेटौडा, चित्लाङ, चन्द्रगीरी, गुर्जुधाराहुँदै काठमाडौं आउन सकिन्छ । यो सडक मार्ग ४२० किलोमिट लामो छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : २१ बजे