३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025

अहिलेसम्म बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो



काठमाडौं । यही असोज १२ गते आएको बाढीपहिरामा परी २ सय ३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । १ सय ६९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय २० जनाको उद्धार गरिएको छ ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  २ : ४३ बजे