२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

कालोबजारी गरेको भेटिए ११३७ मा फोन गर्नूस



काठमाडौं । देशभर केहि दिन अघि भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । त्यत्ति मात्र होइन नेपालीहरुको महान चाड दशैँ आजदेखि शुरु भएको छ । एकातिर भारी वर्षाका कारण आम नागरिकहरु विभिन्न समस्याहरु झेलिरहेका छन्, भने, अर्कातिर कृतिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने कार्यमा केहि व्यक्तिहरु लागि परेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपत्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको अभाव नरहेको बताएका छन् । यदि कहि कतै सामान छैन, किन्ने हो भने यो सामानको मूल्य बढेर आएको छ, भन्दै कसैले भन्यो भने तुरुन्त ११३७ नम्बरमा फोन गर्न आम नागरिकलाई मन्त्री भण्डारीले आग्रह गरेका छन् ।

दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन मन्त्रालयले पनि देशका ४४ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । मन्त्री भण्डारीले विपत्जन्य अवस्था र चाडपर्वका बेला कोही कसैले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गरे वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

विगतभन्दा अहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटेको बताउँनुहुँदै मन्त्री भण्डारीले बजारमा कोही कसैले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कोही कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हटलाइन नं. ११३७ मा खबर गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ६ : १७ बजे