२३ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

दाउन्नेमा दुईतर्फी यातायात सञ्चालन



नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइए पनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : २९ बजे