काठमाडौं । इजरायले ईरानको राजधानी तेहरान साथै परमाणु उत्पादन न्यूकलीयर प्लान्ट भट्टि लगायत विभिन्न सैन्य शिवरिहरुमा मिसाइलद्धारा हमला गरेको पुष्टि भएको छ । सो हमलामा ईरानको पाँच जना सैनिकको मृतुभएको ईरानी सैनिक प्रवक्ताले जनाएको छ । उक्त हमलामा के कित ईरानी नागरिक हताहत भए भन्ने तथ्य ईरानले कुनै सार्वजनिक गरेको छैन ।
उक्त हमला पछि इजरायलले सन् अक्टबर एक तारिखमा ईरानले,ईजरायलमाथि गरेको मिसाइल हमलाको जवाफ दिइएको इजरायली सैन्य प्रवक्ताले जनाएका छन् । सो हमला पश्चात ईरानले इजरायलमाथि भिषण हमला गर्ने तयारी गरिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम्ले समाचार सम्प्रेषण गरेका छन् । इजरायल प्रति ईरानको बदला सानो,तिनो आक्रमण नभई भिषण हुने आँकलन गरेका छन् । ईरानका सुप्रिम लिडर खामुनेईको अध्यक्षता ईरानको राष्ट्रिय सुरक्षा परिषदको बैठक बसिरहेको छ अन्तराष्ट्रिय समाचार संस्था रोयटरले समाचार सम्प्रेषण गरेको छ ।
सो सोमाचार अनुसार राष्ट्रिय सुरक्षा बैठकको मुख्य एजेण्डमा भनेकै इजरायलमाथि अब कस्तो प्रकारको हमला गर्ने भन्ने रहेको बताइएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार रातभरमा ईरानले,इजरायलमाथि एकै पटकमा पाँच सय मिसाइलद्धारा आक्रमण गर्ने तयारी गरेको समाचार सम्प्रेषण गरेका छन् ।