४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिए


१२ कार्तिक २०८१, सोमबार  

0
Shares

काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार आफैंले लगाएको कपडाको पासा लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा उनी मृत भेटिएका हुन् । शौचालयको धारा खोलेर पानी भरेको जस्तो आवान निकालिएकाले समेत बाहिरका व्यक्तिले केही थाहा नपाएको उनको भनाइ छ ।

दाङको २९ नं। ज्वालामाई गणमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए ,गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप लागेको छ

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : ५६ बजे