२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

तिहारमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण


१४ कार्तिक २०८१, बुधबार  

0
Shares

काठमाडौं, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहारमा हल्का वर्षा हुने प्रक्षेपण गरेको छ।

बुधबार तिहार विशेष बुलेटिन निकालेर चतुर्दशी ९१५ गते०, औंसी ९१६ गते०, प्रतिपदा ९१७ गते० र द्वितीया ९१८ गते० का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको हो।

महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

‘उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना देखिन्छ। यस मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा मौसमसम्बन्धी अद्यावधिक जानकारी हुने भएकोले महाशाखाको वेबसाइट हेर्न हुन समेत अनुरोध छ,’ महाशाखाले भनेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ९ : ३० बजे