६ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025

दोस्रो स्वीङ स्टेटमा पनि ट्रम्पको जित


२१ कार्तिक २०८१, बुधबार  

0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् ।

बीबीसी र रोयटरका अनुसार ट्रम्पले जर्जिया पनि जितेका छन् । त्यसअघि उनले नर्थ क्यारोलिनामा पनि जितेका थिए ।

एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलताले ट्रम्प समर्थकमा खुसियाली छाएको छ ।

यससँगै ट्रम्पले २४६ इलेक्ट्रोरल भोट पाएका छन् । यो राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने भोटमध्ये जम्मा २४ कम हो । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले १८७ इलेक्ट्रोरल भोट पाएकी छन् ।

 

 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ६ : १५ बजे