२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

लिटल स्टार ब्यूटिपिजन एकासीको उपाधि अनुभव र स्नेहको पोल्टामा


१० मंसिर २०८१, सोमबार  

0
Shares

काठमाडौं । राष्ट्रिय लिटल स्टार र ब्यूटिपिजनको उपाधि अनुभव गौतम र स्नेह शाक्यले आफ्नो पोल्टामा पारेका छन् । यल इन्टरटेनमेन्त प्रा.लिले उपत्यकाव्यापी लिटल स्टार राष्ट्रिय ब्यूटिपिजन एकासी प्रतियोगिता आह्वान गरेको हो । उक्त प्रतियोगितामा करिब अठाइस जना बालबालिहरुले सहभागिता जनाएका थिए ।

सो प्रतियोगिताको सुरुवाती छनोट प्रक्रिया देखि विभिन्न चरणहरु पार गर्दै फिनालेमा पुगेका प्रतियोगिहरुलाई सिनियर गल्र्स,ब्वाइस र जूनियर ब्वाइस्,गल्र्स क्याटगोरी विभाजन गरिएको थियो ।
सो प्रतियोगिता सिनियर ब्वाइस्,गल्र्सतर्फ स्नेह अधिकारी र अनुभव गौतमले उपाधि आफ्ना पोल्टामा पार्न सफल भएका छन् ।
उक्त लिटल स्टार ब्यूटिपिजन एकासी ज्यूनियर ब्वाइस रौनक डंगोल र गल्र्सतर्फ साहिन्सा शाक्यले उपाधि हातपारेका छन् ।  उक्त कार्यक्रमका प्रमुख अतिथि बागमती संस्कृति,पर्यटन तथा सहकारी मन्त्री सो कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कार्यक्रमले बालबलिहरुको मनोविज्ञानलाई सदा उच्च राख्न ठूलो सहयोग पुराउने त्यसैले गर्दा अगामी दिनमा पनि समाजमका निम्ति यस्तो कार्यक्रमको निरन्तरता पाओस् शुभकामना व्यक्त गरे ।

सो प्रतियोगितको उपाधि विजेताहरुलाई ताज,प्रमाण–पत्र प्रदान गरे ।
सो लिटल स्टार ब्यूटिपिजन एकासीे कार्यक्रमको संयोजन तथा कोयोग्रफर प्रिया मर्हजनले गरेकी हुन् ।
सो कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशको संस्कृति,पर्यटन तथा सहकारी मन्त्री, बिमल ठकुरी,विशिष्ट अतिथि माननीय बगामती प्रदेश दिपेन्द« श्रेष्ठ,सगरमाथा आरोही कल्पना हर्जन लगायत कार्यक्रममा उपस्थिति रहेको थियो ।


सो कार्यक्रम यल इन्टरटेन्मेन्त प्रा.लिका प्रबन्ध निर्देशक गौतम तण्डुकारको अध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा देशका समाजसेवी,बुद्धिजी साथै कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : ५८ बजे