२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

रवि लामिछानेविरुद्धको पासपोर्ट मुद्दा अब ४ महिनापछि



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर रिट निवेदनको सुनुवाइका लागि ४ महिनापछि तारिख तोकेको छ ।

सोमबार पेशी तोकिएकोमा न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएपछि १८ चैतका लागि मुद्दाको पेशी तोकिएको हो ।

महान्यायाधीवक्ता कार्यालयले रवि लामिछानेमाथि पासपोर्ट दुरुपयोग सम्बन्धी अनुसन्धानमा मुद्दा नचल्ने निर्णय गरेपछि त्यो निर्णय बदर हुनुपर्ने माग राखी युवराज पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। पटक-पटक स्थगित भएको मुद्दाको सुनुवाईका लागि ४ महिनापछि पालो तोकिएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १ : ०४ बजे