२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

सिरियाली विद्रोहीद्वारा राजधानी दमास्कस कब्जाको घोषणा


२३ मंसिर २०८१, आइतबार  

21
Shares

काठमाडौं ।  सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल(असदबाट सिरिया ूमुक्तू भएको घोषणा गरेका छन्।

विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका छन्। ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले समाचार प्रसरण गरे अनुसार असदले एक विमानमार्फत् दमास्कस छाडेको बताइएको छ। तर उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन।

सिरियाको अवस्थाबारे विद्रोही फौजले गरिरहेका कैयौँ नयाँ घोषणामध्ये एकमा राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ।

फोटो :रोयटर

सिरियाको राजधानी दमास्कसमा विद्रोहीतस्बिर स्रोत,च्भगतभचक
सोसल मिडियामा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ।

सिरियाली द्वन्द्वमा इजरेलको द्विविधा स् जानेबुझेकै जोखिम र बढ्दो खतरामध्ये कुन छान्ने
सिरियाको दोस्रो ठूलो सहरमा विद्रोहीको पकडपछि सरकारी फौज फिर्ता
विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई ूपूर्ण रूपबाट स्वतन्त्र पारेकोू बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका हुन्।

विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ९ : ३८ बजे