३० असार २०८२, मंगलबार | Tue Jul 15 2025

चार महिनापछि कोशी प्रदेशसभाको अधिवेशन आह्वान


२८ पुस २०८१, आइतबार  

0
Shares

काठमाडौं । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले हिँउदे अधिवेशन आह्वान गरेका छन् ।

आइतबार बिहान बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गतेबाट हिँउदे अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभा आह्वान भएको हो ।

प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाका अनुसार माघ ७ गते दिउँसो २ बजे बस्नेगरी अधिवेशन आह्वान भएको छ ।  गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो ।

 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : ४७ बजे