५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

रवि लामिछाने पुन प्रहरी हिरासतमा


२८ पुस २०८१, आइतबार  

0
Shares

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जिल्ला अदालत काठमाण्डूले आइतवार बयान लिएको छ। थुनछेक बहस नसकिएकाले उनलाई प्रहरी हिरासतमा पठाइएको अधिकारीहरूले बताएका छन्।

जिल्ला अदालतका काठमाण्डूका स्रेस्तेदार रामु शर्माले भने, ूथुनछेक बहस नसकिएकाले त्यो कायम हुँदासम्मका लागि प्रहरी हिरासतमा पठाउनु भन्ने न्ययाधिशज्यूको आदेश बमोजिम उहाँलाई प्रहरीकहाँ पठाइएको हो भने ।

जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी लिएर पुर्पक्षका लागि तारिखमा राख्न आदेश दिएपछि गत बिहीवार हिरासतमुक्त भएका लामिछाने आइतवार काठमाण्डू जिल्ला अदालतमा उपस्थित भएका थिए।

कास्कीमा लामिछानेविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम दुरुपयोगसहित सङ्गठित अपराध र सम्पत्ती शुद्धीकरणसम्बन्धी मुद्दा अहिले पनि विचाराधीन छन्।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ११ : ११ बजे