काठमाडौं । विभिन्न चार ठाउँमा बरामद गरिएका अवैध भेपबारे अनुसन्धान गरिरहेको बताएका छन्
राजश्व अनुसन्धान विभागका महानिर्देशकले चोरी पैठारीबाट नेपालमा भित्रिएको आशङ्कामा एक लाख भन्दा बढी ुभेपु वा ुविद्युतीय चुरोटुबारे केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताएका छन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र गएको बैशाखमा भेपको आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचार प्रसारमा प्रतिबन्ध लगाउन सरकारी निकायहरूलाई प्रतिबन्ध गरेको थियो।

त्यस्तो प्रतिबन्ध कार्यान्वयनका लागि वाणिज्य मन्त्रालयहुँदै राजपत्रमा सूचना प्रकाशित हुनुपर्ने कानुनी व्यवस्था रहेको छ। भन्सार विभागका एक जना अधिकारीले हालैका महिनामा आफ्ना कार्यालयहरूबाट उल्लेख्य परिमाणमा भेपको जाँच पासहरू नभइरहेको बताए।
यस्तोमा अवैध ढङ्गले नेपाल भित्रिएको हुनसक्ने ठानिएका भेप काठमाण्डू उपत्यकासहित देशका विभिन्न ठाउँबाट बरामद भएका खबरहरू प्रकाशमा आएका थिए।
राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेले आफूहरूले उक्त विषयमा अनुसन्धान गरिरहेको भन्दै अहिले नै विस्तृतमा भन्न सक्ने अवस्था नरहेको बताए।
उनले भने, ूभन्सार प्रज्ञापनपत्रबाट आएको छैन भने त्यो चोरी पैठारी नै हुन्छ। त्यो हिसाबले हामी हेरिरहेका छौँ। मुस्ताङबाट १९ हजार वटा आएको हो। ९७ वटा कार्टुनमा थियो।ू
अघिल्लो हप्तामात्रै विभाग र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ललितपुरको महालक्ष्मीमा छापा हानेर ८६ हजार ४ सय भेप फेला पारेको थियो।
महानिर्देशक घिमिरेका अनुसार बाराको पथलैया र रुपन्देहीको बुटवलमा त्यसरी चोरी पैठारी गरिएको ठानिएको भेप फेला परेको छ जसबारे अनुसन्धान भइरहेको छ।
अधिकारीहरूले बरामद भएका भेपको मूल्यबारे केही बताइसकेका छैनन्। भेपका चार्ज गर्न मिल्ने सहितका विभिन्न प्रकारहरू हुने भएकाले अझै मूल्याङ्कन नभइसकेको अधिकारीहरू बताउँछन्।
तर कतिपय अवस्थामा एउटै भेपको ५ डलरदेखी १५ डलर मूल्यसम्म रहेको र आफूहरू अहिले प्रारम्भिक चरणको अनुसन्धानमा मात्रै रहेको अधिकारीहरूले बताएका छन्।
राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको विषय भएको भन्दै यसबारे प्रहरीले केही प्रतिक्रिया दिएको छैन।
एक जना सुरक्षा अधिकारीले ललितपुरबाट अघिल्लो साता एउटा गोदामबाट बरामद भएका भेपहरू दुईवटा ट्रकमा तातोपानी नाका हुँदै नेपाल भित्रिएको आशङ्का गरिएको बताए।
सर्लाहीमा १४ सय थान भेप बरामद भएको सुरक्षा निकायहरू बताउँछन्। मुस्ताङमा पक्राउ परेको भेप कोरला नाका हुँदै नेपाल प्रवेश गरेको ठानिन्छ।
कतिपय अधिकारीहरूले यी विद्युतीय चुरोट खुल्ला सीमानाका कारण भारतमा पनि विक्री गर्न सकिने सम्भावना भएकाले चोरी पैठारी गरेर भित्र्याइएको हुनसक्ने अड्कल काटेका छन्।