३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025

विश्वकप खो खो उपविजेता टिमलाई राखेपको बधाई


७ माघ २०८१, सोमबार  

0
Shares

काठमाडौं । भारतमा सम्पन्न प्रथम खो खो विश्वकप ऐतिहासिक रजत पदक जित्न सफल नेपाली पुरुष र महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले बधाई दिएको छ ।

पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा भारतले पुरुष र महिला दुवैमा उपाधि जित्दा नेपाल दुवैमा उपविजेता बनेको थियो ।

राखेपले सोमबार सूचना जारी गर्दै नेपाली टोलीलाई बधाई दिएको हो । राखेपले खो खोविश्वकपमा नेपाली खेलाडीहरुले हासिल गरेको सफलताका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक तथा नेपाल खो खो संघ प्रति पनि बधाई दिएको छ ।

भारतको नयाँदल्लीमा पुस २९ गते देखि माघ ६ गते सम्म भएको प्रथम खो खो विश्वकप प्रतियोगितामा नेपाली महिला तथा पुरुष टिमले प्राप्त गरेको सफलता नेपाली खेलकुदका लागि कोशेढुंगा सावित भएको राखेले जनाएको छ ।

नेपाली खो खो टिमले पहिलो पटक भएको विश्वकपमै सफलता प्राप्त गर्दा अहिले यो खेलको चर्चा बढेको छ ।

विगतमा पनि नेपाली खो खो टिमले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सफलताहरु हासिल गरेको छ ।

१२औं दक्षिण एशियाली खेलकुद ९साग० मा नेपालको पुरुष तथा महिला खो खो टिम दोस्रो भएको थियो । यस्तै सन् २०१९ मा काठमाडौंमै भएको १३ औं सागमा भने नेपाली महिला टिमले रजत तथा पुरुष टिमले कांस्य जितेका थिए ।

यसैगरी पहिलो, दोस्रो तथा तेस्रो एशियन खो खो च्याम्पियनशिपमा नेपालको दुवै टिम तेस्रो भएका थिए भने चौथो एशियन खो खो च्यापियनशिपमा नेपालको दुवै खो खो टिम दोस्रो भएका थिए

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : २१ बजे