२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

जुरी अध्ययनका लागि लेखा समितिले बनायो समिति


८ माघ २०८१, मंगलबार  

0
Shares

काठमाडौं । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । कांग्रेस सांसद सन्जय गौतमको नेतृत्वमा समितिको उजरी अध्ययन समिति गठन गरिएको हो ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिले समिति गठन सात सदस्यीय समिति गठन गरेको छ ।

समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य छन् ।

लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । मंगलबारको बैठकमा ती उजुरीहरू सांसदहरूलाई बाँडिएको थियो ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : ०३ बजे