२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

संवैधानिक परिषद् विधेयकमा सभामुखले खोजे सत्तापक्षको धारणा


१३ माघ २०८१, आइतबार  

0
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सत्तापक्षका सांसदहरूको धारणा मागेका छन् । आइतबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकसँगको छलफलमा सभामुख घिमिरेले उक्त विधेयकबारे धारणा माग गरेका हुन् ।

संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख घिमिरेले आफ्नो सक्रियता बढाएका छन् ।

उनले आजै प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग संसद् अधिवेशन, विधेयक, बिजनेस लगायतका विषयमा छलफल गर्न लागेका हुन् ।

सत्तापक्षका प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा सभामुख घिमिरेले संवैधानिक परिषद् र मर्यादासम्बन्धी विधेयकबारे धारणा मागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

‘राष्ट्रिय सभाबाट पारित भएर आएका विधेयकहरू मर्यादासम्बन्धी विधेयकलाई के गर्ने हो रु अगाडि बढाउने कि नबढाउने रु यो विषयमा प्रष्ट पानुपर्‍यो,’ सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै घिमिरेले भने, ‘संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‌मा गएर अड्कियो भन्ने छ । यसमा के गर्ने हो रु भनेर प्रश्न उठाउँदा ।’

यसबारे एमाले मुख्य सचेतक महेश बर्तौलाले सभामुखलाई जवाफ दिएका थिए ।

उनले संसद्‌मा विचाराधीन सबै विधेयक अघि बढ्ने र संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि अघि बढ्ने सभामुखलाई बताएका छन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान भएको छ ।

सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ९ : २८ बजे