२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

डीआर कङ्गोमा विद्रोहीद्वारा १३ विदेशी शान्ति सैनिकको हत्या


१३ माघ २०८१, आइतबार  

0
Shares

काठमाडौं : प्रजातान्त्रिक गणतन्त्र कङ्गो ९डीआर कङ्गो०मा शान्ति स्थापनाका लागि खटिएका १३ जना सैनिकहरू विद्रोही एम२३ समूहसँगको भिडन्तमा मारिएका छन्।

दक्षिण अफ्रिकाको सेनाले ज्यान गुमाउनेमा विद्रोहीहरूलाई देशको पूर्वमा अवस्थित गोमा सहरतर्फ प्रवेश गर्न रोक्ने प्रयासमा रहेका आफ्ना ९ जना सैनिक रहेको जनाएको छ। त्यसबाहेक मलावीका तीन र उरुग्वेका एक शान्ति सैनिक मारिएका छन्। 

नेपाली सेनाका प्रवक्ताले कङ्गोमा तैनाथ करिब ११ सय ५० नेपाली शान्ति सैनिक सुरक्षित रहेको र उनीहरू हाल युद्ध चर्किएको भनिएको स्थानभन्दा परै रहेको बताएका छन्।प्रजातान्त्रिक गणतन्त्र कङ्गोले एम२३ विद्रोहीहरूलाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ।  संयुक्त राष्ट्र सङ्घ र अन्यले पनि रुवान्डाले आफ्ना फौज र अस्त्रको प्रयोग गरेर द्वन्द्व चर्काएको आरोप लगाएका छन्।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ११ : १९ बजे