२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

प्रेस चौतारी ओखलढुँगा अध्यक्षमा मुनाल


१४ माघ २०८१, सोमबार  

0
Shares

काठमाडौं । प्रेस चौतारी नेपाल,जिल्ला शाखा ओखलढुँगाको पाँचौ अधिवेशनबाट अध्यक्षमा प्रविन मुनाल चयन भएका छन् । शुक्रबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनले प्रविन मुनालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

सो समितिको उपाध्यक्षमा यामुलाल ढकाल,देविका राई ,सचिवमा कृष्ण जित राई,सहसचिवमा लक्ष्मी बानियाँ,कोषाध्यक्षमा राधा बानियाँ चयन भएका छन् । उक्त अधिवेशनले केन्दि«य महाधिवेशन प्रतिनिधिमा रबिन श्रेष्ठ,सरस्वती बानियाँ निर्वाचित भएका छन् । पाँचौ जिल्ला अधिवेशन निवर्तमान अध्यक्ष सरस्वती बानियाँको अध्यक्षता तथा प्रेस चोतारी नेपाल केन्दि«य सदस्य न्यूतन श्रेष्ठको प्रमुख आतिथ्य,नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत बहादुर खड्काको विशेष आथित्यमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ८ : ४७ बजे