१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


१४ माघ २०८१, सोमबार  

0
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि ९मंगलबार० बिहान ११ बजे बस्नेगरी सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।  संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।


‘भोलि ११ बजे हामीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छौं । भोलिको बैठकमा हामी के के निर्णय गर्ने भन्नेबारे पनि छलफल हुन्छ,’ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।  उनका अनुसार माघ १८ गतेदेखि ३० गतेसम्म बस्ने संसद् बैठकको क्यालेन्डर पनि तयार पारिएको छ ।

विधेयक निर्माण र राष्ट्रिय नीतिबारे बहस गर्नका लागि महत्त्वपूर्ण बनाउनेगरी आजको बैठकमा छलफल भएको उनले बताए ।

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । उक्त दिन प्रधानमन्त्री लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सोही दिन सरकारले ल्याएका अध्यादेशहरू संसद्‌मा पेस हुने र २२ गते बस्ने बैठकमा निर्णयार्थ पेस हुने पनि बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : ०८ बजे