२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

रास्वपाको अवरोध र बहिष्कारबीच संसद्‌को हिउँदे अधिवेशन पहिलो बैठक


सगरमाथा अनलाइन

१८ माघ २०८१, शुक्रबार  

0
Shares

काठमाडौं । प्रतिििनधि बैठक सुरु भएलगत्तै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहितका सांसदहरू उठेर विरोध जनाएका थिए।

त्यसअघि हाल सांसद पदबाट निलम्बनमा रहेका रास्वपा सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर हिउँदे अधिवेशनको पहिलो बैठकबाटै आफ्नो निलम्बन फुकुवा गरिदिन सभामुखलाई आग्रह गरेका थिए।

रवि लामिछानेले कहाँबाट बुझाए २ करोड रुपैयाँभन्दा बढी धरौटी, ब्याङ्क ग्यारेन्टी के हो

Sagarmatha

जबाफमा सभामुख घिमिरेले त्यसबारे आफूले छलफल गर्ने आश्वासन दिएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए।

ूमैले विद्यमान कानुन, संसद् नियमावली, अभ्यासबमोजिम निलम्बनको निर्णय गरेको हुँ, कसैको दबाव, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन,ू सभामुखको भनाइ उद्धृत गर्दै अधिकारीले भने ूतपाईँहरूले निवेदन दिनुभएको छ। यो छलफल र परामर्शको विषय हो। आजलाई समय भएन।ू

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : २३ बजे