७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

नागरिक एउटै एपबाट ५० भन्दा बढी सेवा लिन सकिने : प्रधानमन्त्री


१८ माघ २०८१, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनको क्षेत्रमा नागरिक एपले ठूलो योगदान पुराएको बताएका छन् ।

प्रतिनिधिसभाको हिउँदै अधिवेशन पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नागरिक एपबाट नागरिकले सरकारी सेवा सहज रुपमा लिन पाएको बताएको हो ।


नागरिक एपले ५० भन्दा बढी सेवा दिएको भन्दै उनले सुरु गरेको केही दिनमै यो नेपालमा सबैभन्दा बढी डाउनलोड हुने पहिलो एप बनेको बताए । प्रधानमन्त्रीले ५७ लाख २६ हजार जनताले डाउन लोड गरिसकेको जानकारी दिए ।  केही वर्षअघि क्युआर स्क्यान गरी भुक्तानी थाल्दा भुक्तानी शैलीमा क्रान्ति आएको चर्चा गर्दै उनले अहिले डिजिटल माध्यमबाट भुक्तानीको सुविधा मिलेको भन्दै नागरिक एपबाट क्युआर‘लाइन होइन, अनलाइन’ सेवाको लक्ष्य पूरा हुँदै गएको बताए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : ३४ बजे