सिन्धुली : बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ५ खनियाँखर्क नजिक शुक्रबार बिहान भएको यात्रुबाहक विद्युतीय सवारी ९इभी० दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

दुर्घटनामा ५ जना घाइते छन् । झापाबाट काठमाडौं जाँदै गरेको वा १ –०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय शुसान्त नेपालीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । सडकबाट करिब चारसय मिटर तल खसेकाले उद्धारमासमेत कठिनाही भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । घाइते पाँचजनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।







