२५ असार २०८२, बिहिबार | Thu Jul 10 2025

कमजोरले मात्रै विधि मान्छन्, शक्ति भएकाले पर्दैनः जनार्दन शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले विधिको शासन कमजोरहरूका लागि मात्रै लागू हुने टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो संसद्मा हामी आफैंले विधि नमान्दा समस्या आयो भने अनेक प्रवृत्ति कसरी लागू गर्ने ?,’ शर्माले भने, ‘विधि भनेको पावरले मान्ने कुरा होइन । निर्धाले मान्ने कुरा हो । जो सँग शक्ति र पावर हुन्छ उसले विधि मान्न पर्दैन ।’

आजकै संसद्मा देखिएका दृश्यका कारण आफूले अन्य विषयमा बोल्ने तयारी गरेको भए पनि संसद्कै विषयमा बोल्न आवश्यक रहेको बताए ।

‘यहाँका बहसहरू, आजको कारबाही हेर्दा मलाई संसद्कै बारेमा बोल्न मन लाग्यो । यहाँ विषय उठ्यो, समितिले पास गरेका कुराहरूलाई फेरि अर्कातिर भत्काइयो । प्रक्रिया, विधि मिचियो भनियो । समस्या आयो भनियो,’ शर्माले भने।

तर, जनताले कसरी हेरिरहेका छन् भन्ने विषयलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘हाम्रा कुरा जनताले हेरिरहेका छन् । बरु आजका आवश्यकता हामीले कसरी उठान गर्ने, डेटाहरूको व्याख्या गर्ने कुरा हो,’ शर्माले भने । जनताले परिणाम हेर्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १ : ०४ बजे