९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

नेसपा ९नयाँ शक्ति० को १३ बुँदे समसामयिक प्रस्ताव


३० माघ २०८१, बुधबार  

0
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को तीन दिनसम्म चलेको पहिलो महाधिवेशनले विभिन्न १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौंमा भएको पहिलो महाधिवेशनले पुराना शक्तिहरूको विकल्प खोज्नुपर्ने निष्कर्ष निकाल्दै नयाँ वैकल्पिक समाजवादी शक्ति निर्माणका लागि एक हुन अपिल पनि गरेको छ ।

‘लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्घिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निमार्णको अभियानमा दृढ भएर लाग्ने प्रतिवद्घता व्यक्त गर्दै भ्रष्टीकृत पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरुको वृहद ध्रुवीकरण सहित नयां वैकल्पिक समाजवादी शक्ति निमार्ण गर्नका लागि एकताबद्ध हुन यो यो महाधिवेशन अपिल गर्दछ,’ महाधविवेशनबाट पारित समसामयिक प्रस्तावमा भनिएको छ ।  त्यस्तै, राजनीतिक दलहरूबीच भएको सत्ता गठबन्धन र सरकार परिवर्तनको अभ्यासले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको सो पार्टीले निष्कर्ष निकालेको छ ।

Sagarmatha

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : १६ बजे