२८ असार २०८२, आइतबार | Sun Jul 13 2025

अब तहगत संरचना,निजामती सेवाबाट हट्यो श्रेणी


१ फाल्गुन २०८१, बिहिबार  

0
Shares

काठमाडौं । निजामती सेवाबाट श्रेणी हटेको छ । अब निजामती सेवामा तहगत संरचना रहने गरी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति जुटेको हो ।

संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफलका क्रममा यस्तो सहमति जुटेको हो । निजामती सेवामा अब तहगत संरचना राख्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दलका सांसदहरू सहमत भएका छन् ।

प्रस्तावित विधेयकको दफा ६ मा सो सम्बन्धी व्यवस्था राखिनेछ । यो दफामाथिको छलफलको अन्तिममा सभापति रामहरि खतिवडाले भने, ‘तहमा जानेमा क्लियर भयो । अब प्रस्तावित विधेयकको दफालाई तहगत संरचना रहने गरी मिलाइनेछ ।’ तर, निजामती सेवामा अतिरिक्त सचिव राख्ने कि नराख्ने विषयमा भने सहमति जुटेन । सभापति खतिवडाले तहगत संरचनामा जानेमा सहमति भएको र अतिरिक्त सचिव राख्ने कि नराख्नेबारे पुनः छलफल गरिने जानकारी गराए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १२ : ०२ बजे