९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

संसदमा उठ्यो रिंकुमाथिको सामूहिक बलात्कार र मृत्युको विषय


५ फाल्गुन २०८१, सोमबार  

0
Shares

काठमाडौं। सिरहाकी रिंकुकुमारी सदायमाथिको सामूहिक बलात्कार र रहस्यमय मृत्युको विषयले संसद्मा प्रवेश पाएको छ ।

सांसदहरूले सिरहा नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी सदायको मृत्युबारे सरकारको ध्यानाकर्षण गरेका हुन् ।


सदाय ३० फागुनमा मृत फेला परेकी थिइन् । सिरहा ४ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य विरेन्द्र प्रसाद महतोका अनुसार गत माघ २७ गते राति ९ बजे सौच गर्न निस्कएको बेलामासामूहिक बलात्कारको सिकार भएकी हुन् ।

Sagarmatha

राति ९ बजे सौच गर्न निस्किएकी सदाय बिहान ३ बजे मात्रै घर फर्किएकी थिइन् । स्थानीय रुपेश मण्डल, चन्दन साह र राम विनय मण्डलले सौच गर्न निस्किएकी सदायलाई मुख थुनेर गाउँ बाहिर लगेर हात र गोडा समातेर पालैपालो करणी गरेको सदायले आफ्नो आमालाई सुनाएको महताले बताए । यति गम्भीर विषयमा सरकारले अपेक्षित रुपमा अनुसन्धान र कारबाही अगाडि नबढाएको महतोले बताए । ‘यस्तो जघन्य अपराधको घटना बाहिरिँदा पनि राज्य र सरकार मुकदर्शक भएर बस्न मिल्छ रु’ महतोले प्रश्न गरे । अझसामूहिक बलात्कारलाई गाउँमै पञ्चायत राखेर मिलाउने प्रयास भएको उनले बताए । ‘यस्तो संवेदनशिल घटना हुँदा पनि स्थानीय तहमा पञ्चायती राखेर सहमति गरेको र पीडकसँग डेढ लाख लिने सहमति भएको कुरा बाहिरएको छ’ उनले भने ।

यो घटनामा संलग्न सबै दोषीउपर कडा कारबाहीको माग गरे । ‘सामूहिक बलात्कार जस्तो यस घटनामा दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गर्दछु’ उनले भने ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : ५४ बजे